नेप्सेमा भिजन लुम्बिनी उर्जा र चिरख्वा हाइड्रोपावरको शेयर सुचिकृत, कति तोकियो सुरुवाती रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2023 | 12:36:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड र चिरख्वा हाइड्रोपावर लिमिटेडको शेयर सुचिकृत भएको छ। आज  भिजन लुम्बिनी उर्जा कम्पनीको १ करोड ९१ लाख २५ हजार कित्ता शेयर र चिरख्वा हाइड्रोपावरको ४० लाख कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै बिहिबार देखि यी दुवै कम्पनीको शेयर कारोबार गर्न सकिने छ । बिहिबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा यी कम्पनीको शेयर कारोबार हुने छ ।

नेप्सेले भिजन लुम्बिनी उर्जाको पहिलो शेयर कारोबारको लागि १२१.७८ रुपैयाँ देखि ३६५.३४ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । कम्पनीको VLUCL सिम्बलबाट कारोबार हुने छ । त्यस्तै नेप्सेले चिरख्वा हाइड्रोको पहिलो शेयर कारोबारको लागि १००.०१ रुपैयाँ देखि ३००.०३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । कम्पनीको CKHL सिम्बलबाट कारोबार हुने छ ।

यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।  

आज नै नेप्सेमा नेपाल वेयरहाउजिङ कम्पनीको शेयर पनि सुचिकृत भएको छ। आज कम्पनीको ६८ लाख ७५ हजार कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै बिहिबार देखि कम्पनीको शेयर कारोबार गर्न सकिने छ । बिहिबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि ९३ रुपैयाँ ०४ पैसा देखि २७९ रुपैयाँ १२ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । कम्पनीको NWCL सिम्बलबाट कारोबार हुने छ ।

यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved