अपर तामाकोशीको लिलामीको शेयरको बोलपत्र आज खोलिंदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2024 | 08:36:00 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलामीमा ल्याएको शेयरको शिलबन्दी बोलपत्र आज शुक्रबार खिलिने भएको छ । सह बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा आज शुक्रबार बिहान ९:३० बजेदेखि शिलबन्दी बोलपत्र खोलिने भएको हो ।

कम्पनीले  पुस १३ गतेदेखि पुस २९ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाम गरेको थियो । कम्पनीले हकप्रदमा अवितरित सर्बसाधारण समुहको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता लिलाममा ल्याएको थियो । 

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १:१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्काशन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको थियो । सर्वसाधारण समुह तर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर कम्पनीले लिलाम गरेको हो ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved