सरकारले टुङ्ग्यायो भागबण्डा, धितोपत्र बोर्ड सहित ४ संस्थाको प्रमुख पद बिक्रीमा !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2024 | 09:03:25 AM मा प्रकाशित

laxmi  sunrise bank

राजनीतिक नियुक्तिमा भागबण्डा नेपालको लागि सामान्य जस्तै भईसकेको छ। पछिल्लो समय भागबण्डामा मिलेको संस्थाको लागि नियुक्त हुने पदको मोलमलाई पनि अत्यन्त सामान्य बनिसकेको छ। 

देशको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको नेतृत्त्वमा अहिले सरकार छ। सरकारमा ५ दलका रहेका कारण सबैलाई भाग पुर्याउन  राजनीतिक नियुक्तिमा भागबण्डा लगाएर पदको खुलेआम मोलमलाई सामान्य बनेको छ। 

अहिले विशेषगरि मुद्रा तथा पुँजी बजार र जनसरोकार राख्ने केहि निकाय नेतृत्त्वबिहिन अवस्थामा छन् भने केहिमा अबको केहि महिनामा नेतृत्व खालि हुने अवस्थामा छन्। यस्तै ४ संस्थामा सत्ता गठबन्धनले भागबण्डा गरेको हो। 

झन्डै एक महिना भन्दा बढी समयदेखि पुंजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डमा अध्यक्षको पद रिक्त अवस्थामा छ भने अबको तीन महिनामा राष्ट्रिय वाणिज्य बैंकमा पनि सीईओ पद खालि हुने अवस्थामा छ। 

गठबन्धनभित्र नेपाल धितोपत्र बोर्डको अध्यक्ष सरकारको नेतृत्त्व गरिरहेको नेकपा माओवादीलाई दिने तय भएको स्रोतले जनाएको छ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा‍. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिमा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र शंकरदेव क्याम्पसका उपप्राध्यापक उदय निरौला सदस्य छन्। बजारमा यी तिनै जनालाई माओवादीको खास 'क्याडर' को रुपमा लिइन्छ। 

माओवादीले पाउने भएपछि माओवादी पार्टीमा पहुँच हुनेहरुले अहिले धितोपत्र बोर्ड अध्यक्ष बन्न इच्छुकहरुसंग नियुक्तिको लागि मोलमलाई गरिरहेको उच्च स्रोतले जनाएको छ। हिजो माओवादी सरकार भएको बेलामा नयाँ बीमाको लाइसेन्स बेचेर मनग्य कमाईदिएका चिरन्जीवी चापागाई नै धितोपत्रको अध्यक्षमा माओवादीको पहिलो रोजाई रहेको स्रोतको दाबि छ। चापागाई पनि अहिले उक्त पदको लागि मोटो रकम जुटाउन केहि व्यापारिक केन्द्र धाएको व्यवसायीमाझ चर्चा छ। 

यता शैक्षिक योग्यताको बिषयमा अदालतमा दर्ता मुद्दालाई टेकेर पदावधि सकिन १४ महिना बाँकी रहेका नेपाल राष्ट्र बैंकको गभर्नरलाई हटाएर अर्को मान्छे ल्याउने र त्यसमा नेपाली कांग्रेसले आफ्नो मान्छे राख्ने गठबन्धन सरकारमा सहमति बनेको स्रोतले जनाएको छ। गभर्नर पदका लागि पनि शक्तिकेन्द्रहरु लागिपरेको बताइन्छ।  गभर्नर पदका लागि पनि नेपाली कांग्रेसले ठूलै मुल्य तोकेको बजारमा सुन्न पाइन्छ। 

धितोपत्र बोर्डको अध्यक्ष माओवादीले पाउने र गभर्नर कांग्रेसले पाउने भएपछि सबैको आकर्षणमा रहेको जन सरोकारसंग प्रत्यक्ष चाँसो हुने आयल निगम माधव नेपाल नेतृत्त्वको समाजवादीको पोल्टामा परेको बताइन्छ। यो पदका लागि पनि मोटो रकम तय गरिएको स्रोतको दाबि छ।  

तीन महिनापछि राष्ट्रिय वाणिज्य बैकको सीइओको पद खालि हुने भएपछि आकांक्षीहरुले पार्टी नेतृत्त्व तथा नेतृत्त्व निकटहरुसंगको भेटघाटलाई तिब्रता दिएपनि गठबन्धनभित्र यो कसले लिने भन्ने तय नभएको बताइन्छ। यद्यपि भागवण्डामा वाणिज्य बैंकको सीइओ राष्ट्रपति रामचन्द्र पौडेलको भागमा परेको बजार चर्चा छ । 

गठबन्धन सरकारले हालै मात्र नेपाल बैंक र नागरिक लगानी कोषमा राजनीतिक नियुक्ति गरेको छ। यसमा पनि पार्टीगत भागबण्डा अनुसार नै नियुक्ति तय भएको बताइन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved