मिर्मिरे लघुवित्तले घोषणा गरेको लाभांश रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 09:59:58 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्तले यस अघि घोषणा गरेको लाभांश रद्द गरेको छ । कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा कम्पनीको माघ १० गते बसेको संचालक समितिको बैठकले पुस १३ मा प्रस्ताव गरिएको लाभांश रद्द गर्ने निर्णय गरेको हो । 

कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा हालको चुक्ता पूँजीको ६.३२ प्रतिशत  नगद लाभांश (कर प्रयोजन सहित)  वितरण गर्ने प्रस्ताव गरेको थियो । तर माघ १० को संचालक समितिको बैठकले सो लाभांश रद्द गर्ने निर्णय गरेको हो । 

कम्पनीले भनेको छ'उपरोक्त सम्बन्धमा यस मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड संचालक समितिको मिति २०८०/०९/१३ गते शुक्रवार बसेको २८३ औं बैठकले आर्थिक वर्ष २०७९ / ०८० को वित्तीय विवरण पास गरी हाल विद्यमान चुक्ता पूँजी रु. ६६,५७,६४,२७२/४५ को नगद लाभांस वापत ६.३२% ( रु. ४,२०,७६,३०२/०२ ) कर प्रयोजन सहितको वितरण गर्नको लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाईएकोमा नेपाल राष्ट्र बैंकको मिति २०८० /१०/०८ गतेको पत्र मार्फत वित्तिय विवरण संसोधन गरी पेश गर्ने निर्देशन बमोजिम संचालक समितिको मिति २०८० /१०/१० गते अपरान्ह ४:०० बजे बसेको २८५ औं वैठकवाट उक्त प्रस्तावित लाभांस रद्ध गरिएको व्यहोरा अनुरोध छ ।'

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved