अपर तामाकोशीले लिलामीमा ल्याएको शेयर बाँडफाँड, पैसा फिर्ता कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2024 | 06:55:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले लिलामीमा ल्याएको  १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता अवितरित हकप्रद शेयरहरु कम्पनीको संचालक समितिको माघ १७ गतेको बैठकको निर्णय अनुसार बाँडफाँड भएको हो ।

बाँडफाँडमा नपरेका आवेदकहरुको शेयर वापतको रकम फिर्ता भुक्तानी मिति २०८० माघ २२ गते सोमबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक / वित्तीय संस्थाको खातामा IPS मार्फत रकमान्तर गरिने  कम्पनीले जनाएको छ । साथै, बाँडफाँडको अन्तिम मूल्य (Cut-off Price) रु. १४७ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले प्रष्ट पारेको छ।

कम्पनीले ति शेयरहरुले २०८०/०९/१३ गतेका दिन देखि २०८० /०९/२९ गते सम्म लिलाम गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु २०८० माघ ५, ६ र ७ गतेका दिन खोलि २०८० माघ १७ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले शेयर बाँडफाँड गरेको हो।

हेर्नुस् सूचना :


May be an image of text

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved