
नेशनल लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ७.५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।