रिलायबल लाईफको खुद नाफा २३ करोड, ईपीएस ११.५५ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 10:49:07 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायबल लाईफ ईन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ४.९६ प्रतिशतले बढेको छ ।

चालु आवको दोस्रो त्रैमासमा कम्पनी खुद नाफा बढेर २३ करोड ९ लाख ७९ हजार रुपैयाँ पुगेको हो। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा २२ करोड ४६ हजार रुपैयाँ आर्जन गरेको थियो । 

  यो अवधिमा कम्पनीको कुल बीमाशुल्क संकलन ८.१५ प्रतिशतले बढेर १ अर्ब ९३ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यो अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ  थियो । 

यो अवधिमा कम्पनीले विभिन्न क्षेत्रमा दिर्घकालिन रुपमा १३ अर्ब ८२ करोड र अल्पकालिन रुपमा १ अर्ब ३७ करोड रुपैयाँ लगानी गरेको छ । 

हाल ४ अर्ब चुँक्ता पुँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी ११.५५ रुपैयाँ, ११.५५ रुपैयाँ,११.५५ रुपैयाँ, पीई रेसियो ४९.०१ गुणा, र प्रति शेयर नेट वर्थ १७९.७१ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved