युनाईटेड मोदी हाइड्रोलाई हकप्रद निष्काशन गर्न नियमन आयोगको स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 10:37:59 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति पाएको छ । आयोगले माघ २२ गते कम्पनीलाई हकप्रद निष्काशन समबन्धि प्रस्ताव कम्पनीको साधारणसभामा पेश गर्न स्वीकृति दिएको हो । 

  कम्पनीको मङ्सिर १३ गते बुधबार बसेको संचालक समितिको बैठकले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।  कम्पनीले आफ्नो उद्देश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीको हाल कायम चुक्ता पुँजीको १:१ अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

 अब कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved