हिमालयन एभरेष्टको खुद नाफा ६३ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 10:58:21 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन एभरेष्ट ईन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले  सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ६३.७२ प्रतिशतले बढेको छ । 

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले खुद ११ करोड २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यस्तै कम्पनीको कुल बीमाशुल्क संकलन पनि बढेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब २२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको सोहि अवधिका कम्पनीले ९३ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । 

कम्पनीले दोस्रो त्रैमाससम्ममा ६० करोड १६ लाख रुपैयाँ बढी दाबी भुक्तानी दिएको छ । गत आवको सोहि अवधिमा कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । 

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले दिर्घकालिन रुपमा ३३ करोड ३१ लख रुपैयाँ र अल्पकालिन रुपमा ४ अर्ब २७ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । 

हाल २ अर्ब ३० करोड १५ लाख रुपैयाँ चुँक्ता पुँजी रहेका कम्पनीको प्रति शेयर आम्दानी १६.०२ रुपैयाँ, प्रति शेयर नेटवर्थ १९४.८५ रुपैयाँ र पिई अनुपात ४०.१० गुणा रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved