९६ प्रतिशतले बढ्यो सानिमा रिलायन्सको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 10:13:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा रिलायनन्स लाईफ ईन्स्पोरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा ९६.४७ प्रतिशतले बढेको छ । 

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले २१ करोड ९७ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले ११ कारोड १८ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ जम्मा भएको छ । गत आवको सोहि अवधिमा कम्पनीको उक्त कोषमा १० अर्ब ९१ करोड ७६ लाख रुपैयाँ रहेको थियो । 

कम्पनीले कुल बीमाशुल्क संकलन दोब्बरले बढाएको छ । चालु आवको दोस्रो त्रैमासम्ममा कम्पनीले २ अर्ब ७८करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले १ अर्ब १८ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । 

हाल ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ चुँक्ता पुजी रहेको कम्पनीको प्रति शेयर आम्दानी १०.५० रुपैयाँ, नेट वर्थ १२५.४४ रुपैयाँ र पीई रेसियो ४४.४७ गुणा रहेको छ । 

चालु आवको दोस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीले दिर्घकालिन रुपमा १० अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको छ । त्यसैगरी अल्पकालिन रुपमा ४ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved