घलेम्दी हाइड्रोले लिलामी गरेको शेयरको कटअफ मूल्य तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 02:53:24 PM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रो लिमिटेडले लिलामीमा ल्याएको शेयरको शेयरको कट अफ मूल्य तय भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार सर्वसाधारण समुहतर्फको शेयरको कटअफ मूल्य १५१ रुपैयाँ कायम भएको छ ।

अर्थात् लिलामीको शेयरमा १५१  वा सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनेले कम्पनीको शेयर पाउने छन् । १५१ रुपैयाँमा आवेदन दिनेले भने समानुपातिक रुपमा शेयर पाउने छन् । 

लिलामीको शेयरमा परेको शिलबन्दी बोलपत्र शनिवार खोलिएको थियो। क्यापिटलका अनुसार लिलामीको शेयरमा ५ हजार ७ सय ७६ जनाले आवेदन दिएका थिए । 

कम्पनीले माघ ९ गतेदेखि माघ २३ गतेसम्म हकप्रदमा अवितरित  सर्वसाधारण समुह तर्फको ३२ लाख १७ हजार ७ सय २४ कित्ता शेयर लिलाम गरेको थियो। कम्पनीले १:२ को अनुपातमा हकप्रद निष्काशन गर्दा बिक्री नभएको शेयर लिलाममा ल्याएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved