अपर तामाकोशीले बिजुली बेचेर ६ महिनामा कमायो ५ अर्ब ३५ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 09:06:53 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले बिजुली बिक्रीबाट ५ अर्ब बढी आम्दानी गरेको छ। कम्पनीले सर्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा विद्युत बिक्रीबाट ५ अर्ब ३५ करोड ६३ लाख ९२ हजार ४३ रुपैयाँ १२ पैसा आम्दानी गरेको हो।

अघिल्लोआर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ अर्ब ९८ करोड आम्दानी गरेको थियो ।

विद्युत बिक्रीको आम्दानी बढेसंगै कम्पनीले नोक्सानी पनि घटाउदै लागेको छ । यस अवधिमा कम्पनीको खुद नोक्सानी २५ करोड ७६ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नोक्सानी ८२ करोड ४८ लाख थियो । कम्पनीको दिर्घकालिन ऋण भने ७२ अर्ब ७७ करोड रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ऋणात्मक १.३२ रुपैयाँ, प्रति शेयर नेटवर्थ ६१ रुपैयाँ ११ पैसा, र प्रति शेयर सम्पतिको मूल्य ४४३.२० रुपैयाँ रहेको छ । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पुंजी बढेर १९ अर्ब ४७ करोड रहेको छ ।

कम्पनी अन्तर्गतको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भई २०७८ भाद्र २५ देखि पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन भइरहेको छ। नेपाल सरकारको दीर्घकालिन ऋण भुक्तानीको लागि ३० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका तथा अन्य संस्थागत ऋणप्रदायक संस्थाहरुको दीर्घकालिन ऋण भुक्तानीको लागि ६० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरेको छ।  आ.व. २०८० / ८१ को पौष मसान्तसम्ममा नेपाल सरकारको चार तथा अन्य संस्थाहरुको आठ किस्ता सावाँ तथा व्याज भुक्तानी गरिएको कम्पनीले जनाएको छ।

विविध कारणहरुले आयोजना निर्माण सम्पन्न अवधि बढ्न गई समग्र आयोजनाको लागत वृद्धि हुन गएकोले ह्रासकट्ट खर्च तथा व्याज खर्च अत्यधिक वृद्धि भएको तर त्यस अनुरुप विद्युत विक्रीबाट आम्दानी बढ्न सक्ने अवस्था नरहेकोले यस आ.व. का साथै आउँदो केहि आ.व.मा समेत कम्पनीको नाफामा असर पर्ने अवस्था देखिएको कम्पनीले उल्लेख गरेको छ।

कम्पनीको ऋण र स्वपूँजी अनुपातको सुधार गर्न, दोस्रो चरणको निर्माण अन्तर्गतको रोलवालिङ खोला जलविद्युत आयोजना निर्माणको वित्त व्यवस्थापन र आयोजना निर्माणसम्बन्धी बाँकी रहेका भुक्तानीको लागि साविकका शेयरधनीहरुलाई १:१ को अनुपातमा हकप्रद शेयर जारी गरिएकोले कम्पनीको वित्तीय सूचकहरुमा केही सुधार हुने अपेक्षा गरिएको गरिएको कम्पनीले जनाएको छ । हकप्रदको रकमबाट कम्पनीले नेपाल विद्युत प्राधिकरण, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नविल बैंकबाट प्राप्त अल्पकालिन ऋण चुक्ता गरेको छ ।

कम्पनीका अनुसार सर्वसाधारणबाट दरखास्त नदिई बाँकी रहेको १,७०,१९,५३० कित्ता हकप्रद शेयर मिति २०८०/१०९ /१३ देखि मिति २०८०/०९/२९ सम्म शिलवन्दी बोलपत्रमार्फत विक्री गरी रु २६१,५७,२६,३०१।१३ संकलन गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved