६ महिनामा जीवन बीमा कम्पनीको खुद नाफा ३ अर्ब, कुनको वित्तीय अवस्था कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 12:32:14 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको खुद नाफा बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण गत आवको तुलनामा कम्पनीहरुको खुद नाफा समग्रमा २२ प्रतिशतले बढेको हो । 

१४ वटा जीवन बीमा कम्पनीले यो अवधिमा ३ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको सोहि अवधिमा यस्तो नाफा २ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ थियो । 

दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै नाफा सानिमा रिलायन्सको बढेको छ । सानिमा रिलायन्सको नाफा ९६.५१ प्रतिशतले बढेको हो । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको यस्तो नाफा ११ करोड १८ लाख रुपैयाँ थियो । 

त्यसैगरी, आईएमई लाईफको ९६.२४ प्रतिशतले खुद नाफा बढेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोहि अवधिमा कम्पनीले ११ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यसैगरी, सूर्यज्योति लाईफको खुद नाफा ६२.९५ प्रतिशतले बढ्दा लाईफ ईन्स्योरेन्स कर्पोरेशनको खुद नाफा ५९.७७ प्रतिशतले बढेको छ । यी कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्ममा आर्जन गरेको खुद नाफा क्रमशः २३ करोड ६६ लाख र १३ करोड ६६ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोहि अवधिमा यी कम्पनीहरुले क्रमशः १४ करोड ५२ लाख र ८ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । 

यसैगरी, राष्ट्रिय जीवन बीम कम्पनीको खुद नाफा ४३.४३ प्रतिशतले, प्रभु महालक्ष्मीको ३६.११ प्रतिशतले, मेट लाईफको ३३.५६ र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीको खुद नाफा १६.९१ प्रतिशतले बढेको हो । दोस्रो त्रैमाससम्म आईपुग्दा हिमालयन लाईफको खुद नाफा घटेको छ । गत वर्षको तुलनामा कम्पनीको खुद नाफा ८.२५ प्रतिशतले घटेको हो ।

ईपीएस

ईपीएसका हिसाबले सबैभन्दा अब्बल सन नेपाल लाईफ रहेको छ । सन नेपालको ईपीएस २०.५२ रिपैयाँ हुँदा राष्ट्रिय जीवन बीमाको ईपीएस १५.७९ रुपैयाँ रहेको छ । त्यसैगरी, आईएमई लाईफको ११.७४, रिलायबलको ११.५५, नेपाल लाईफको १०.४२ र सूर्यज्योतिको १०.४१ रुपैयाँ रहेको छ । यस्तै, सबैभन्दा थोरै ईपीएस सिटिजन लाईफको रहेको छ । कम्पनीको ईपीएस ६.६० रुपैयाँ रहँदा हिमालयन लाईफको ८.६३ रुपैयाँ रहेको छ । 

नेट वर्थ

प्रति शेयर नेट वर्थका हिसाबले सबैभन्दा अब्बल सन नेपाल रहेको छ । जसको नेट वर्थ १८७.०४ रुपैयाँ रहेको छ । यस्तै, सिटिजनको १८१.१३, रिलायबलको १७९.७१, आईएमईको १७७.२७ र सूर्यज्योतिको १६५.१५ रुपैयाँ नेटवर्थ रहेको छ । सबैभन्द कम नेटवर्थ प्रभु महालक्ष्मीको रहेको छ । कम्पनीको नेटवर्थ १२०.१० रुपैयाँ रहँदा एसियन लाईफको १२०.९३ रुपैयाँ रहेको छ ।

हेर्नुस् कुन अवस्था कस्तो ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved