डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 10:30:51 AM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्तले  लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ३ गते सम्पन्न संचालक समिति आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३२ प्रतिशत नगद नाभंश गरि कुल १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीक्जो चुक्ता पुंजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ ।

 कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved