सर्वोत्तम सिमेन्टको आईपीओमा १९ अर्ब बढीको आवेदन, कतिले भरे शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2024 | 05:10:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा माग भन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज बुधबार साँझ ५ बजेसम्ममा  १० लाख १२  हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको आवेदन हो ।

 कम्पनीले फागुन १३ गतेदेखि आज फागुन १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई शेयर बिक्री गर्दा बिक्री नभएको ६,८१,५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई शेयर निष्काशन गरेको हो।

कम्पनीले बुक विल्डिंग विधिबाट शेयर निष्काशन गरेको हो । यी शेयरको मूल्य प्रति कित्ता  ३६०.९० रुपैयाँ रहेको छ। आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो। शेयर बाँडफाँड गर्दा पनि न्युनतम ५० कित्ता नै शेयर बाँडफाँड हुने छ । यस हिसाबमा ५५ हजार ५ सय २१ जनाले मात्र शेयर पाउने छन् ।  शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै योग्य संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित र खानी प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि शेयर बाँडफाँड गरिसके छ ।  सर्वोत्तम सिमेन्ट बुक विल्डिंग विधिबाट शेयर निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ। कम्पनीले सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved