सिंगटी हाईड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 08:45:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने आज फागुन २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो ।

कम्पनीले  १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस ११ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved