बाराही हाइड्रोले नियमन आयोगबाट पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 09:36:56 AM मा प्रकाशित

laxmi  sunrise bank

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्काशनको पूर्व स्वीकृति पाएको छ। आयोगले फागुन २३ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले  १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र  बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।   कम्पनीले हकप्रद निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । 

कम्पनीले आफ्नो ५१ प्रतिशत शेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना ३.४५ मे.वा. र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मे.वा. निर्माणको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved