रिडी पावरको हकप्रद बाँडफाँड, बिक्री नभएको ११ लाख कित्ता शेयर चैत्र २९ देखि लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 09:09:51 AM मा प्रकाशित

laxmi  sunrise bank

रिडी पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको हकप्रद शेयर चैत्र २० गते बाडफाँड गरिएको हो ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीले  १:०.५ को अनुपात अर्थात् ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५ सय ६ कित्ता शेयर निष्काशन गरेको थियो । जस अनुसार रितपुर्वक आवेदन दिने ६० हजार ६ सय २ जना शेयरधनीलाई ६६ लाख ८ हजार ८ सय ४९ कित्ता शेयर बाँडफाँड गरिएको छ । 

कम्पनीले बिक्री नभएको ११ लाख ३५ हजार ६ सय ५७ कित्ता शेयर लिलाम गर्ने भएको छ । कम्पनीले यी शेयर चैत्र २९ गतेदेखि वैशाख ९ गतेसम्म लिलाम गर्न लागेको हो ।  शेयर लिलामको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

यस लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि दिनु पर्ने छ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ। तर दशमलवमा शेयरको लागि आवेदन दिन पाइने छैन  । ५ लाख भन्दा बढी रकम आवेदन दिनेले अनिवार्य प्यान नम्बर उल्लेख गर्नु पर्ने छ  ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ। 

  रिडी पावर कम्पनी लिमिटेडको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो वलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वः पूजी व्यवस्थापन गर्नको लागि कम्पनीले हकप्रद निष्काशन गरेको होलागेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved