अब परिवारले रेमिट्यान्स रकम बचत गरे पनि थप पैसा पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 03:36:01 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशबाट आएको रकम उनका परिवारले बचत तथा मुद्दती खातामा जम्मा गरे थप पैसा पाइने भएको छ ।  राष्ट्र बैंकले आज जारी गरेको निर्देशनमा त्यसरी जम्मा गर्ने बचतकर्ताले एक प्रतिशत ब्याज थप पाउने भएका छन्।

निर्देशनसँगै अब वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको वा खोलिने विप्रेषण ९रेमिट्यान्स० बचत खातामा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत विन्दु थप गरी ब्याजदर प्रदान गर्नुपर्नेछ। 

यसअघि रेमिट्यान्स पठाउने स्वयं व्यक्तिको निक्षेप खातामा मात्रै थप एक प्रतिशत ब्याज बढी दिनुपर्ने व्यवस्था थियो।

'रेमिट्यान्स खाताबाट रकमान्तर गरी खोलिएको मुद्दती खातामा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको विप्रेषण रकम निजको परिवारले बचत तथा मुद्दती निक्षेप खातामा राखेमा पनि न्यूनतम १ प्रतिशत विन्दु थप गरी ब्याजदर प्रदान गर्नु पर्नेछ' राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved