राष्ट्रिय बिमा कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ५८ करोड ४८ लाख नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको यसै अबधिसम्ममा ४६ करोड १३ लाख नाफा कमाएकोमा कम्पनीको नाफा १२ करोड ३५ लाखले बढेको हो ।
यस अवधिसम्ममा कम्पनीले १ अर्ब १२ करोड बिमा शुल्क आर्जन गरेको छ भने ५ करोड ३४ लाख बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको जगेडा तथा कोषमा २ अर्ब ३६ करोड रहेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी २९२.४५, नेटवर्थ ९८६.२४, तरलता अनुपात २.९२ र मूल्य आम्दानी अनुपात ४१.४९ रहेको छ ।
यस्तो छ कम्पनीको विवरण :