के शिखर इन्स्योरेन्सको प्रगति अब बढ्नै नसक्ने अवस्थामा पुगेको हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 11:19:17 AM मा प्रकाशित

laxmi sunrise bank

शिखर इन्स्योरेन्स कम्पनी Shikhar Insurance Company Limited  ले चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ३३ करोड ६२ लाख खुद मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक बर्षको यसअवधिसँगको तुलनामा ८ दशमलब ४३ प्रतिशतले बढी हो। 

यसअवधिमा कम्पनीले करिब डेढ प्रतिशतले बढाएर १ अर्ब २४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। जुन गत आर्थिक आर्थिक बर्षको यसअवधिसंगको तुलनामा २ करोडले मात्रै बढी हो। दुई लाख १५ हजार ९०५ बीमालेख जारी गरेको कम्पनीले खुद दाबी भुक्तानी बापत ७४ करोड १० लाख भुक्तानी गरेको छ।  

यस अवधिमा कम्पनीको चुक्तापुंजी १ अर्ब ५ करोड रहेको छ भने जगेडा कोषमा ४१ करोड ९ लाख छ। इन्स्योरेन्समा बीमा कोषमा १ अर्ब १ करोड ९३ लाख संचित छ। त्यस्तै इन्स्योरेन्सको महाविपत्ति कोषमा ५ करोड २९ लाख संचित छ। इन्स्योरेन्सको जगेडा कोष १२५ प्रतिशतले बढेको छ भने बीमा कोष २९ प्रतिशतले बढेको छ। 

यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ४२ रुपैयाँ ४० पैसा छ भने प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ३८ पैसा र मुल्य आम्दानीको अनुपात २० दशमलब ८९ गुणा छ। शिखर इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई लाभांश घोषणा गर्न बाँकी छ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved