१५ करोड ७३ लाख नाफा कमाएको सिर्जना फाइनान्सको प्रतिशेयर आम्दानी कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 07:13:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सिर्जना Srijana Finance Limited ले गत आर्थिक बर्षको उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्ष (२०७४/०७५) को तुलनामा फाइनान्सले करिब २९.८७ प्रतिशतले बढाएर १५ करोड ७३ लाख ३ हजार खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष फाइनान्सको खुद मुनाफा १२ करोड ११ लाख २३ हजार  थियो। 

४६ करोड ८ लाख १५ हजार चुक्ता पुँजी रहेको फाइनान्सले जगेडा कोषमा पनि फड्को मारेको छ । मोरङको विराटनगरमा केन्द्रिय कार्यालय रहेको क्षेत्रिय स्तरको फाइनानस कम्पनीले राष्ट्रिय स्तरको कार्यक्षेत्र विस्तारको लागि पुँजी वृद्धि गर्न लागि ६० प्रतिशत हकप्रद शेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले जगेडा कोषमा पनि उल्लेख्य फड्को मार्दै २५ करोड ९८ लाख ४५ हजार पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सको जगेडा कोषमा १० करोड २८ लाख ९७ हजार मात्र रहेको थियो । 

असार मसान्त सम्म फाइनान्सले ७ अर्ब १५ करोड २६ लाख निक्षे्प संकलन गरेर ४ अर्ब ८२ करोड ६२ लाख  कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले ५ अर्ब ४० करोड ९३ लाख निक्षेप संकलन गरेर ३ अर्ब ८० करोड १७ लाख कर्जा लगानी गरेको थियो । 

यस अवधिमा फाइनान्सको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी १५ करोड ६३ लाख २९ हजार रहेको छ । फाइनानसले ७१ कराृड ७५ लाख ३७ हजार ब्याज बापत प्राप्थत गर्दा ५६ करोड १२ लाख ८ हजार ब्याज भुक्तानी गरेको छ ।  

यस अवधिमा फाइनान्सको निष्कृय कर्जामा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १.३१ प्रतिशत रहेको निष्कृय कर्जा गत आर्थिक वर्षमा ०.३४ प्रतिशत कायम भएको छ । फाइनान्सको प्रति सेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा, प्रति सेयर नेटवर्थ १५६ रुपैयाँ ३९ पैसा र मुल्य आम्दानीको अनुपात ६ रुपैयाँ छ। 

अन्य वित्तीय संस्थाहरुले लगानीयोग्य तरलताको अभाव खेपिरहेको अवस्थामा पनि फाइनान्ससँग पर्याप्त स्रोत रहेको छ । फइनान्सको सिसिडि रेसियो ६१.३० प्रतिशत रहेको छ । यस्तै आधार ब्याजदर १२.१२ प्रतिशत, कोष्को लागत ९.३७ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ४.९५ प्रतिशत रहेको छ । 

फाइनान्सले अघिल्लो आर्थिक बर्षको कमाईबाट गत बर्ष १५ प्रतिशत बोनस र ९.५ प्रतिशत नगद लाभांश घोषण गरेको थियो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved