
नेपाल एग्रो लघुवित्तले गत आर्थिक बर्षमा १ करोड ५७ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा लघुवित्तले २२ लाख ३५ हजार नाफा कमाएकोमा गत आर्थिक बर्षमा ६०६.२१ प्रतिशतले नाफा बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ८६ पैसा रहेको छ ।
यस अवधिमा लघुवित्तले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५ लाख ५० हजारले ऋणत्मक रहेको जगेडा कोष गत आर्थिक वर्षको अन्त्यमा आउँदा बढेर १ करोड ७३ लाख ५८ हजारको भएको छ ।
लघुवित्तले उक्त अवधिमा १८ करोड ९४ लाख ०३ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा १० करोड ७५ लाख २३ हजार निक्षेप संकलन गरेको लघुवित्तले ७६.१५ प्रतिशतले निक्षेप बढाएको हो । यस्तै लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ४४ करोड ७४ लाख २६ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ ।
सोहि अवधिमा लघुवित्तको कुल कर्जा लगानी भने ६२ करोड ४० लाख ६५ हजार रहेको छ । अघिल्लो आर्थिक बर्षमा ३२ करोड ८१ लाख २५ हजार मात्र कर्जा लगानी गरेको थियो ।
लघुवित्तले उक्त अवधिमा १२ करोड ९३ लाख ७८ हजार ब्याजबाट आम्दानी गरेको छ भने ९ करोड ३१ लाख ५७ हजार व्याज भुक्तानी गरेको लघुवित्तको खुद ब्याज आम्दानी ३ करोड ६२ लाख २१ हजार रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ७९.६४ प्रतिशले बढी हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २ करोड १ लाख ६२ हजार खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.९० प्रतिशत रहेको रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात १२.३६ गुणा, प्रतिशेयर नेटवर्थ १३४.८७ रुपैयाँ तरलता अनुपात १३.७२ प्रतिशत र कोषको लागत १०.४९ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षमा साधारण शेयर (आइपिओ) विक्रि गरेको लघुवित्तको चुक्ता पुँजी ४ करोड ९७ लाख ७७ हजार रुपैयाँ रहेको छ ।