सिभिल बैंकको मुख्य आम्दानी बढ्दा किन घट्यो नाफा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 10:44:25 AM मा प्रकाशित

laxmi sunrise bank

सिभिल बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा सिभिल बैंकले १५ करोड ८९ लाख ५० हजार खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले १८ करोड ५० लाख मुनाफा आर्जन गरेको थियो।

सिभिलको मुनाफा गत आर्थिक वर्षको यस अवधिको तुलनामा १४.१० प्रतिशत कम हो। बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी बढाउन सफल भएपनि खर्च नियन्त्रण गर्न नसक्दा नाफा घट्न पुगेको देखिन्छ। 

बैंकले मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी ६० करोड  २९ लाख ३८ हजार आर्जन गरेको छ। जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा २ करोड २७ लाखले बढी हो। यस अवधिमा बैकले ४२ अर्ब ९१ करोड निक्षेप संकलन गरि ४४ अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ।  

समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च ५९.५९ प्रतिशत बढेर २४ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च ३३.५७ प्रतिशत बढेर १२ करोड ३९ लाख पुगेको छ। खर्च बढेसंगै बैंकको सञ्चालन मुनाफा १६७.३५ प्रतिशत घटेर २२ करोड ५९ लाखमा सीमित भएको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ६० करोड २२ लाख रहेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात ३.०६ बाट घटेर २.९३ प्रतिशतमा झरेको छ। त्यस्तै कर्जा निक्षेप अनुपात ७७।०९ प्रतिशत छ भने आधार ब्याज दर ११.११ प्रतिशत रहेको छ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ७ रुपैयाँ ९४ पैसा, नेटवर्थ प्रति सेयर १२८ रुपैयाँ ७७ पैसा, मुल्य आम्दानीको अनुपात १८ गुणा रहेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved