
चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा मेगा बैंक Mega Bank Nepal Limited ले ९५ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ७३ करोड २० लाख खुद मुनाफा गरेकोमा चालु आर्थिक वर्षमा बैंकको मुनाफा करिब ३० प्रतिशतले बढेको हो ।
पौष मसान्तसम्ममा बैंकको कूल निक्षेप अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपैँया पुगेको छ जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो । त्यस्तै कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो ।
बैंकले देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।