१७० प्रतिशतले बढ्यो स्वरोजगार लघुवित्तको खुद नाफा, यस्तो छ नाफा बढ्नुको मुख्य कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 09:55:02 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्त वित्तीय सँस्था लिमिटेड Swarojgar Laghubitta Bittiya Sanstha ले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। उसले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार स्वरोजगारको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा झन्डै १७० प्रतिशतले बढेको छ। 

अघिल्लो आर्थीक बर्षको तुलनामा स्वरोजगारको खुद मुनाफा ५ करोड ७२ लाखबाट बढेर १५ करोड ४३ लाख पुगेको छ। स्वरोजगारको खुद मुनाफा बढ्नुको मूल कारणमा उसले अघिल्लो आर्थिक बर्ष प्रोभिजन बापत राखेको रकम गत आर्थिक बर्षको तुलनामा अत्यधिक बढी हो। अघिल्लो आर्थिक बर्ष धेरै प्रोभिजन राखेकाले गत बर्षको वित्तीय विवरणमा मुनाफा वृद्धि भएको हो।  

स्वरोजगारले गत आर्थिक बर्ष लिएको सापटी रकम अघिल्लो आर्थिक बर्षको तुलनामा बढेर २ अर्ब ३७ करोड पुगेको छ। त्यस्तै स्वरोजगारको कर्जा लगानी समेत गत आर्थिक बर्ष ५ अर्ब ५६ करोड पुगेको छ।  त्यस्तै स्वरोजगारको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष ३३.९३ प्रतिशतले बढेर ३४ करोड २ लाख पुगेको छ। 

त्यस्तै यस अवधिमा स्वरोजगारको चुक्तापुंजी ४१ करोड १२ लाख रहेको छ भने गत आर्थिक बर्ष उसको रिजर्भ तथा सर्पल्समा २० करोड ७३ लाख रहेको छ। 

यस अवधिमा स्वरोजगारको प्रति सेयर आम्दानी ३७ रुपैयाँ ५२ पैसा, प्रति सेयर नेटवर्थ १५० रुपैयाँ ४२ पैसा तथा मुल्य आम्दानीको अनुपात ३९।९८ गुणा रहेको छ भने उसको खराब कर्जा अनुपात २।६३ प्रतिशत रहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved