६ महिनामा नेपाल बैंकले कमायो १ अर्ब ४१ करोड नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2022 | 05:34:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ । प्रकाशित वित्तीय अनुसार बैंकले दोस्रो त्रैमाससम्म कुल १ अर्व ४१ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ  । सो मुनाफा गत आ.व. सोहि अवधिकोे भन्दा करिब ५ प्रतिशतले बढि हो । 

यस अवधिमा बैंकको निक्षेप १ खर्ब ८३ अर्व ३४ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ । २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा लगानी दुबैमा नेपाल बैंकले आक्रामक वृद्धि गरेको छ । निक्षेप संकलनमा १९.७९ प्रतिशत र कर्जा लगानीमा २७.९६ प्रतिशत वृद्धि गर्न सफल बैंक गत ६ महिनामा निक्षेप संकलन तथा कर्जा विस्तार गर्ने दोस्रो ठूलो बनेको छ ।  

बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशतले बढेको छ । बैकले खराव कर्जाको अनुपातलाई  पनि उल्लेखनिय रुपमा घटाउन सफल भएको देखिएको छ । गत आ.व.को दोस्रो त्रैमासम्म कुल कर्जामा खराब कर्जाको अनुपात २.८८ प्रतिशत रहेकोमा यो आ.व.को दोस्रो त्रैमासमा त्यसमा उल्लेखनिय रुपमा कमि आई १.९१ प्रतिशत पुगेको छ ।  

बैंकले ११३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved