५०.५ प्रतिशतले बढ्यो महिला लघुवित्तको नाफा, ईपीएस ११०.९७ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2022 | 09:54:24 AM मा प्रकाशित

laxmi  sunrise bank

अचालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा महिला लघुवित्तको खुद नाफा ५०.५ प्रतिशतले बढेको छ । कम्पनीले आघिल्लो आर्थिक वर्षको यहि अवधिमा ५ करोड ४३ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुदनाफा बढेर ८ करोड १८ लाख पुगेको हो ।

कम्पनीको ९ करोड राइट ब्याकपछि संचालन मुनाफा घटे पनि खुद नाफा भने बढेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४६.९६ प्रतिशतले बढेर १४ करोड ४९ लाख पुगेको छ ।

कम्पनीको सापटी २९.९ प्रतिशतले बढेर २ अर्ब ४४ करोड पुगेको छ भने कम्पनीको कर्जा प्रवाह ३८.९४ प्रतिशतले बढेर ३ अर्ब ९१ करोड पुगेको छ । त्यस्तै निक्षेप ४३.५७ प्रतिशतले बढेर १ अर्ब १२ करोड पुगेको छ ।

१४ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २३ करोड १७ लाख रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दान ११०.९७ रुपैयाँ , प्रति शेयर नेटवर्थ २५७.१३ रुपैयाँ र पीई रेसियो ३३.१६ रुपैयाँ रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved