बिजपाटीको प्रेडिक्ट एण्ड विन कन्टेस्ट: स्पेन र पोर्चुगलको खेलबाट बिजेता बनिन सरु दाहाल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 16, 2018 | 02:18:45 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबल अन्तर्गत दोस्रो दिनमा सम्पन्न पोर्चुगल र स्पेनको खेल बराबरीमा टुंगिएको छ। फुटबलका महारथी पोर्चुगल र स्पेनबीचको रोचक र सेमीफाइनल स्तरीय खेल ३-३ को बराबरीमा सकिएको हो। 

स्पेनका न्याचोले रोनाल्डोलाई डि–एरियाभित्र लडाएपछि खेलको चौथो मिनेटमा पाएको पेनाल्टी अवसरलाई क्रिष्टियानो रोनाल्डोले गोलमा परिणत गरे।   खेलमा १-० ले पछी परेको स्पेनका लागि डिएगो कोष्टाले खेलको २४ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। स्पेनको बराबरीलाई तोड्दै रोनाल्डोले पहिलो हाफको ३३ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए। 

त्यस्तै खेलको खेलको ५५ औं मिनेटमा कोष्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए। लगत्तै त्यसको तीन मिनेट पछि नाचोले गोल गर्दै खेलमा स्पेनलाई अग्रता दिलाए। खेलको ८८ औं मिनेटमा पाएको फ्री किकको अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्दै रोनाल्डोले यस विश्वकपमा पहिलो ह्याट्रिक गोल गरे र पोर्चुगललाई बराबरीको अवस्थामा ल्याए। 

यसै क्रममा बिजपाटीले संचालन गरिरहेको प्रेडिक्ट एण्ड विन कन्टेस्टमा १ जनाले मात्र पोर्चुगल र स्पेनबीचको खेल नतिजाको सहि अनुमान लगाएका छन।  सरु दाहालले मात्र खेलको सहि अनुमान लगाएका छन। यस प्रतियोगितामा दाहालले मात्र सहि अनुमान लगाएकोमा उनले बिएसआर मुभिज को फिल्म टिकेट जितेकी छिन।  

बिजपाटीको 'डबल डोज पुरस्कार' अन्तर्गत प्रत्येक खेलमा सहि गोलको अनुमान लगाउने मध्ये एक जनाले आकर्षक उपहार पाउनेछ। साथै प्रत्येक गोलको सहि अनुमानबाट उनीहरुले अंक पाउँदै जानेछन र विश्वकप अन्तर्गतका ६४ खेल सकिएपछी अंक धेरै हुने उत्कृष्ट २० जनाले बम्पर पुरस्कार जित्नेछन। 


खेलका नियमहरु
-तपाईंले बिजपाटीको अफिसियल पेज https://www.facebook.com/bizpati लाई लाइक गर्नुपर्नेछ। 
-हरेक खेलमा सहि गोल अनुमान लगाउनेले प्रत्येक दिन आकर्षक पुरस्कार जित सक्नुहुनेछ। एकजना भन्दा बढी सही उत्तर मिलाउने भएमा घोषणा गोलाप्रथाबाट गरिनेछ। गोलाप्रथाको भिडियो लाइभ हुनेछ।
-प्रत्येक खेलबाट प्राप्त अंक जोडिंदै जानेछ र सबै ६४ खेल सकिएपछी  सर्वाधिक अंक प्राप्त गर्ने मध्ये २० जनालाई बिशेष पुरस्कारको व्यवस्था गरिएको छ
पुरस्कारको सुची: http://worldcup.bizpati.com/prizes
-खेल शुरु हुनु अघिसम्म गोल अनुमान लगाउन मिल्नेछ।
-खेल सकिएको २४ घण्टा भित्र बिजेताको घोषणा हुनेछ। तर पुरस्कार भने विश्वकप फुटबलको फाइनल खेलपछी मात्र वितरण गरिनेछ।
-कुनै विवाद भएमा बिजपाटी डटकमको निर्णय अन्तिम हुनेछ। 

तपाई पनि खेलमा सहि गोल अनुमान लगाएर आकर्षक पुरष्कार जित्न चाहनु हुन्छ भने खेल सुरु हुनु अगाडी बिजपाटी डटकमको मेनुबारमा गएर 'Predictandwin' क्लिक गरेर वा सिधै www.worlcup.bizpati.com मा गएर अनुमान लगाउन सक्नुहुन्छ।

बिजपाटी डटकममा खेल अनुमान गर्न यो लिंकमा क्लिक गर्नुहोस: http://worldcup.bizpati.com/play#_=_

पुरस्कार बारे जान्नको लागि यो लिंक क्लिक गर्नुहोस: http://worldcup.bizpati.com/toc

बृस्तृत जानकारीका लागि यो लिंक क्लिक गर्नुहोस: http://worldcup.bizpati.com/prizes

स्कोर बोर्डमा तपाईको स्थानबारे जान्न यो लिंक क्लिक गर्नुहोस: http://worldcup.bizpati.com/today_points


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved