देशैभरका गरिब र विपन्न वर्गलाई महानगरले निःशुल्क उपचार गरिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 10:28:27 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले अशक्त र गरिब नागरिकको नि:शुल्क उपचार गरिदिने भएको छ । महानगरले देशको जुनसुकै ठाउँका नागरिकलाई पनि नि:शुल्क उपचार गरिदिने जनाएको छ । 

जसका लागि आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर आउन महानगरले अनुरोध समेत गरेको छ । महानगरमा हाल ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार  नि:शुल्क उपचार गर्ने महानगर स्वास्थ्य विभागले जनाएको छ । 

विपन्न र असाहय बिरामीले  नि:शुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः 

१. नेपाल सरकार र प्रदेश सरकारर स्थानिय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजातर परिचय पत्र वा,

२. राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता प्रमाण पत्रर जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र,

३. रोग पहिचान भए सोको कागजपत्र र,

४. अनुसूची(५ को आधारमा सम्बन्धीत स्थानिय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची( ४ अनुसारको सर्जमिन गरेको कागज र,

५. सम्बन्धीत स्थानिय तहको वडा कार्यलयले उपचारको लागी अनुसूची( ३ अनुसारको सिफारिस गरेको पत्र,

बेवारिसे बिरामीले  नि:शुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः

१. आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिव, बिपन्न तथा वेवारिसे विरामिलाई प्रारम्भिक स्वास्थ्य उपचार  नि:शुल्क प्रदान गर्नु पर्नेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved