भारतमा आएको बाढीमा ६ नेपालीको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2016 | 04:52:34 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ । भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा रोल्पाको पश्चिम क्षेत्रमा पर्ने तालाबाङ–४ रिजाबाङका लक्षीराम पुनमगर, उनकी श्रीमती देउकली पुनमगर, ११ वर्षका छोरा परसु पुनमगर, ६ वर्षका छोरा सुरज पुनमगर, सात वर्षकी छोरी सुनिता पुनमगर र चार वर्षका छोरा कर्णबहादुर पुनमगर रहेको बताइएको छ ।

सो परिवार भारतको हिमाञ्चल प्रदेशको सिमला नजिकै १५ वर्ष पहिलेदेखि आलुखेती गर्दै आएको छिमेकी वीरबहादुर घर्तीले जानकारी दिए । यता जिल्ला प्रहरी कार्यालय रोल्पाले यसबारेमा आफूहरुलाई केही जानकारी नआएको बताएको छ । आर्थिक अभावका कारण धेरै रोल्पाली भारतको हिमाञ्चलमा जीविपार्जनका लागि जाने गर्दछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved