मलेसिया तथा मध्यपूर्व एसियाका लागि राहदानी शुल्क घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2016 | 09:11:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मलेसिया तथा मध्यपूर्व एसियामा रहेका नेपालीको लागी राहदानी शुल्क घटाएको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले यस अघि तोकिएको प्रति राहदानी शुल्क ८० अमेरिकी डलरलाई घटाएर ५० डलरमा झारेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबारको मन्त्रिपरिषद्को बैठकको निर्णयसंगै मध्यपूर्व एसियाका कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीलाई राहत मिलेको छ। 

वैदेशिक रोजगारमा ती मुलुकमा रहेका नेपालीलाई आर्थिक भार कम होस् भन्ने अभिप्रायले परराष्ट्र मन्त्रालयको प्रस्तावमा सरकारले राहदानी शुल्क घटाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ। उक्त निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved