यस्ता छन् बुधबार सार्बजनिक हुन् लागेको 'आईफोन ७' को बिशेषताहरु (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 06, 2016 | 06:47:57 PM मा प्रकाशित

laxmi  sunrise bank

एप्पलले कम्पनीले आफ्नो आफ्नो नवीनतम उत्पादन 'आईफोन ७' बुधबार सार्बजनिक गर्दै छ । बहु प्रतिक्षित उत्पादन   'आईफोन ७' संग संगै  कम्पनीले नयाँ घडी ' एप्पल वाच'   पनि सार्बजनिक हुदै छ । तर बिश्वभरका मानिसहरुको ध्यान आईफोनले नै तानेको छ ।   

नयाँ आईफोनको बारेमा कम्पनीले सार्बजनिक हुने समय र स्थान बाहेक आधिकारिक रुपमा केहि सार्बजनिक गरेको छैन । तर विभिन्न तरिकाले आईफोन बन्ने स्थल र अन्य सुत्रबाट चुहिएका तस्विर तथा सूचनाबाट अनेकौ अनुमान गर्न थालिएको छ । 

सुत्रहरुको अनुसार नयाँ फोन 'आइफोन ७' तथा   'आइफोन ७ एस' को २ रुपमा पेश हुने छ ।  टेलिग्राफका अनुसार एप्पलले अहिलेको उत्पादनलाई अन्य कुनै नाम दिएर एप्पल ७ भने आगामी बर्ष कम्पनीको १० औ वार्षिकोत्सवमा सार्बजनिक हुन् सक्छ ।  फोन सार्बजनिक गरिने कार्यक्रमको नेपालबाट लाइभ इभेन्ट ७ सेप्टेम्बरको राति करिब १० बजेर ४५ मिनेटमा हेर्न सकिनेछ ।

कस्तो हुने छ फिचर्स?

नयाँ फोन अहिलेसम्म कै अत्याधुनिक हुने र त्यसमा उत्कृष्ट विशेषताहरु हुने अनुमान छ  । नयाँ फोन आईफोन ६ एस भन्दा पनि पातलो हुने छ । 

यदि अहिले नै आइफोन ७' तथा   'आइफोन ७ एस' को २ रुपमा पेश भए आइफोन ७' को डिस्प्ले स्क्रिन ५.५ इन्च तथा आईफिनको स्क्रिन ५.८ इन्च हुने छ । समाचार अनुसार फोन हालसम्म प्रयोग हुदै आएको एल्युमिनीयमबाट नबनी ग्लासबाट बनेको हुने छ। ग्लास प्रयोग गरिने भएकाले आईफोन ७ एस को तौल ६ एसको भन्दा कम हुने छ।  

 आईफोन ७  तथा आईफोन ७ एस मा 'बायोमीट्रिक सिक्योरिटी' हुने छ। यहि प्रबिधिले फोनले अनुहार पहिचान गर्ने छ। साथै फोनको क्यामराले अध्यारोमा पनि अनुहार पहिचान गर्ने छ    ।   आईफोन ७ को क्यामेराले कुनै पनि चिजको फोटो लिएर त्यसलाई थ्री डी म्याप बनाएर त्यसबारे जानकारी लिन सकिन्छ  ।

तारको झन्झट हट्ने 

समाचारमा जनाईए अनुसार आईफोन ७ तथा ७ एस दुवै फोनमा  यस अघि हुदै आएको ३.५ एमएम हेडफोन ज्याक हुने छैन । कम्पनीले अडियो आउटपुटको लागि  लाइटनिंग कनेक्टर दिने छ। साथै फोन बिना तार चार्ज हुने छ ।  

थप टिकाउ ब्याट्री तथा धेरै मेमोरी 

आइफोन ७ को ब्याट्री पहिलेको भन्दा थप टिकाउ हुने अनुमान छ । साथै आईफोन ७  , ३२ जीबी, १२८ जीबी र  २५६ जीबी मेमोरी भएको   हुने छ ।  अहिले हुदै आएको १६ जिबिको भने अन्त्य हुने छ  ।  

फोनमा अहिल्यै हुदै आएको होम बटन नहुने चर्चा पनि छ  ।   तर भएमा उक्त बटन थिच्ने मिल्ने नभई केवल सेन्सरको आधारमा मात्र चल्ने छ। साथै RAM २ र ३ जिबिको हुने छ ।

हेर्नुस लिक भएको सूचनामा आधारित भिडियो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved