नेपाल र भुटानमा रहेका प्रतिबन्धित भारु साट्न भारतीय पक्षको बिशेष तयारी  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 06:29:43 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा प्रतिबन्धित ५ सय र १ हजारका नोट साट्ने सरकारी डेडलाइन डिसेम्बर ३० मा सकिएसंगै नेपालमा रहेको भारतीय नोट नासाटिने हुन् कि भन्ने आशंका बढेको छ। भारतीय सरकारले प्रतिबन्ध लगाएको 'खोस्टो' सरह भएका नेपालमा रहेको भारतीय ५ सय र १ हजारका नोट व्यवस्थापनमा नेपाल राष्ट्र बैंक समेत अलमलमा परेको छ। 

भारतीय नोट व्यवस्थापन सम्बन्धमा सोधिने हरेक जिज्ञासामा राष्ट्र बैंकका प्रवक्ता उस्तै उत्तर हुन्छ -'छिट्टै गर्छौ र प्रक्रिया अगाडी बढिरहेको छ' पछिल्लो पटक राष्ट्र बैंकले भारु नोट व्यवस्थापन सम्बन्धमा उच्च तहको भ्रमण गराएर निर्णय गर्न चाहेपनि भारतीय पक्षले तत्कालै त्यसको आवश्यकता नरहेको जनाएको छ। 

विभिन्न तहमा वार्ता भएपनि रिजर्भ बैंक अफ इन्डियामा आफ्नै भारु व्यवस्थापनमा लागेकाले अझै वार्ता निष्कर्षमा पुग्न सकेको छैन। तर भारतीय उच्च श्रोतले भारतमा यस्ता नोट साट्ने 'डेडलाइन' सकिएपनि नेपाल र भुटानको हकमा बिशेष व्यवस्था गर्न लागेको बताएको छ। 

नेपाल राष्ट्र बैंकको निर्देशकको नेतृत्त्वमा हुने भनिएको भारत भ्रमण स्थगन गरेको रिजर्भ बैंकले पछिल्लो समयमा आफ्नै उच्चस्तरीय भ्रमण नेपालमा गराउन चाहेको श्रोतले बताएको छ। 

जनवरीको अन्तिम साता रिजर्भ बैंकका उच्च अधिकारिले नेपाल भ्रमण गर्ने छन। सात जना सम्म रहने उक्त भ्रमण टोलिले राष्ट्र बैंक मार्फत नेपालमा रहेका भारु व्यवस्थापन गर्न वार्ता गर्ने श्रोतले बिजपाटीलाई बताएको छ। श्रोतका अनुसार रिजर्भ बैंकको उच्चस्तरीय टोलिले नेपालमा रहेका भारुलाई व्यवस्थापन गर्न राष्ट्र बैंकसंग सहकार्य गर्ने छ। 

रिजर्भ बैंकले बैंकिङ प्रणालीमा रहेको ३ करोड ३६ लाख भारु र बाहिर रहेको केहि करोड व्यवस्थापन गर्ने श्रोतले बताएको छ। 

बैंक खाता अनिवार्य 
बैंकिङ प्राणाली भन्दा बाहिर रहेका भारु साट्न प्रत्येकसंग बैंक खाता हुनुपर्ने प्राबधान राख्न उक्त टोलिले राष्ट्र बैंकसंग आग्रह गर्ने जनाइएको छ। रिजर्भ बैंक उच्च श्रोतका अनुसार -'यस्ता भारु साट्न भारतमा गरेको, अध्ययन गरेको र उपचार गरेको प्रमाण अनिवार्य गरिने छ।'

प्रणाली भन्दा बाहिर रहेको यस्ता नोट अत्यन्तै सिमित मात्रामा साट्ने सोचमा बैंक रहेको छ। श्रोतका अनुसार 'प्रक्रिया पुर्याएर आएमा प्रत्येकले   ५ हजार सम्मको भारु साट्न सक्ने छन। 

बाँकी नोट के हुन्छ त ? बिजपाटीको जिज्ञासामा श्रोतले भन्यो 'सम्झनुस बाँकी सबै खोस्टा हुन' 


 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved