समुन्द्रको सतहमा भेटियो विचित्र बस्तु, अनुसन्धानमा लागेका बैज्ञानिकहरु समेत आश्चर्यमा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 15, 2017 | 11:22:33 PM मा प्रकाशित

laxmi  sunrise bank

त्यसो त संसार अनेक रहस्यले भरिएको छ। जब गर्भमा रहेका यस्ता रहस्य बाहिर आउँछ यसले मानिसहरुलाई अचम्म त बनाउछ नै साथ साथै खोज अनुसन्धानमा लागेका बैज्ञानिकहरुलाई समेत थप अनुसन्धानको हौसला मिल्ने गर्दछ। 

सामान्य मानिसहरु देखि स्वयम बैज्ञानिकहरुलाई सम्म अचम्म पार्ने एक रहस्य फेला परेको छ। इजिप्टको समुन्द्री सतहमा भेटिएको रहस्यमयी बस्तिले खोजमा लागेका बैज्ञानिकहरुलाई समेत आश्चर्यचकित बनाएको छ। 

फ्रान्सका फ्रेंक गॉडिओ पानी पुरातत्वविद् हुन । केही समय पहिले खोजको क्रममा उनि इजिप्ट गएका थिए । इजिप्टको भूमध्य सागरमा उनलाई  यस्तो विचित्र बस्तु हात लागेको छ जुन अत्यन्त आश्चर्य जनक रहेको छ। वास्तवमा करिब हजार बर्ष पहिले जुन शहरको अस्तित्व पूर्ण रुपमा मेटिएको थियो, यसैको अवशेष उनले समुन्द्रको गहिराइमा फेला पारेका हुन। 

हेराक्लियन नामको सो शहरको खोज ८ सय बर्ष इशा पुर्वमा गरिएको थियो। तर यहाँ आएको एक प्राकृतिक बिपत्तिका कारण यो शहर समुन्द्रमा बिलिन भएको थियो। 

खोजको क्रममा त्यो शहरको साथमा कयौं अवशेष र पुराना बहुमुल्य सामानहरु फेला परेको छ। जसलाई देख्नेहरु सबै अचम्ममा परेका छन। कडा मेहनतपश्चात करिब १२ सय बर्षपछी यो अवशेषहरू बाहिर ल्याइएको जनाइएको छ। यहाँ भेटिएका अवशेष र पुराना बहुमुल्य बस्तुहरुको तस्विर अहिले सोसियल मिडियामा भाइरल बन्ने क्रममा रहेको छ। 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved