जसले नाकले टाइप गरेर बनाए बिश्व किर्तिमान, ४८ सेकेण्ड मै टाइप गरे १०३ अक्षर (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2017 | 12:32:31 AM मा प्रकाशित

laxmi  sunrise bank

हामी कम्प्युटर वा ल्यापटपको किबोर्डमा टाइप गर्न हातको प्रयोग गर्छौ । हात नहुनेहरुले खुट्टाले टाइप गरेको पनि भेटिन्छन । तर के तपाईले कसैले नाकले टाइप गरेको सुन्नु भएको छ ? यति मात्र होइन नाकले टाइप गरेर बिश्व किर्तिमान कायम गरेको सुन्नु भएको छ ?

हो सत्य हो । एक व्यक्तिले नाकले टाइप गरेर बिश्व किर्तिमान कायम गरेका छन् । उनको नाममा हालसम्म २ ओटा बिश्व रेकर्ड छ । उनको नाकको टाईपिंग हामी मध्ये धेरैको हातको टाईपिंग भन्दा पनि छिटो छ । 

ति युवा हुन् भारतका इन्जिनियरका विद्यार्थी मोहम्मद खुर्शीद हुसैन ।  उनले १० बर्षको उमेर मै टाइप गर्न सिकेका थिए ।  

सन् २०१४ मा उनले ४७.४४ सेकन्ड मै १०३ अंग्रेजी अक्षर टाइप गरेर बिश्व किर्तिमान कायम गरे । उनको नाममा अर्को बिश्व किर्तिमान पनि छ । उनले सन् २०१२ मा ३.४३ सेकेण्ड मै a देखि z सम्ममा अंग्रेजी अक्षर टाइप गरे, त्यो पनि हरेक अक्षरको बिचमा खाली स्थन अर्थात् स्पेस दिएर ।

यो किर्तिमान भने उनले हातले नै गरेका थिए । उनका यी दुई रेकर्ड हालसम्म कसैले तोड्न सकेका छैनन् । हाल उनी २७ बर्षका छन् ।

सम्बन्धित समाचार  : मैनाली बने गिनिज बुकमा नाम लेखाउने पहिलो नेपाली जादुगर (भिडियो सहित)  आँखामा पट्टि बाधेर मोटरसाइकलमा चक्रपथ परिक्रमा गर्ने तयारी

 

हेर्नुस भिडियो । 


 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved