कांग्रेसको निर्वाचन क्षेत्रमा ओली बोल्दा बोल्दै लाइन काटिदिएपछी.....

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 27, 2017 | 04:21:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आयोजकसंग रुष्ट बनेर कार्यक्रमलाई सम्बोधन नै नगरी फर्केका छन् । स्याङ्जाको वालिङ महोत्सबमा आयोजित कार्यक्रममा ओली बोल्दै गर्दा रिसाएर हिडेका हुन् । 

आज देखि सुरु भएको महोत्सवमा प्रमुख अतिथिका रुपमा स्वागत मन्तब्य राख्न ओली त्यहाँ पुगेका थिए ।  तर उनी बोल्दै गर्दा बत्ति नै काटियो ।  बत्ति काटिएपछि जेनरेटरबाट बत्ति सुचारु गरेपनि केहि समय मै डिजेल नभएको भन्दै त्यो लाइन पनि काटिएपछि ओली रिसाएर हात हल्लाउँदै मन्चबाट बाहिरिएका हुन् ।

त्यहाँ रहेका एक जना प्रत्यक्षदर्शीले भने ' वालिङमा कहिले पनि बत्ति जादैन थियो, तर ओली बोल्दै गर्दा कसैले बत्ति नै काटिदिएका रहेछन ' ।  अहिले त्यहाँ सत्तारुढ दलका नेता तथा कार्यक्रताले बत्ति काटिदिएको भन्दै एमाले कार्यक्रताहरुले प्रदर्शन गरेका थिए  ।

ओली प्रमुख अतिथि बनेर पुगेको काँग्रेसको बाहुल्यता रहेको उक्त क्षेत्रमा कांग्रेसले चुनाब जितेको थियो। अहिले कार्यक्रम स्थल शान्त भएको छ  ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved