नेपाल बंगलादेश बैंक लिमिटेडले नेपालगंजको खजुरामा नयाँ शाखा संचालनमा ल्याएको छ। नयाँ शाखा संचालनमा आएसंगै बैंकको शाखा संख्या ४३ पुगेको छ।
हाल बैंकले बैंकले ४३ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ सेवा तथा ३९ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बैंकले जानकारी दिएको छ।
बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ५६ करोड ६० लाख खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकले ४१.०३ अर्ब निक्षेप संकलन गरि ३६.२० कर्जा प्रवाह गरेको छ।