विश्वकपमा न्युजिल्यान्ड बिरुद्द पदमको कीर्तिमानी दोहोरो शतक, नेपाल १४१ रनले बिजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 11, 2017 | 12:14:25 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा भएको दृष्टिबिहीनहरुको 'ब्लाईन्ड टि २० बिश्वकप'मा नेपाली खेलाडी पदम बहादुर बडेलाले नयाँ किर्तिमान बनाएका छन् । आफ्नो अन्तिम खेलमा न्युजील्याण्ड बिरुद्द ब्याटिंग गर्दै बडेलाले अविजित २११ रन बनाए । ९० बल मात्र सामाना गरेका उनले ३६ चौका प्रहार गरे । 

उनको यो स्कोर प्रतियोगिताको यस सिजनको सर्बाधिक व्यक्तिगत स्कोर तथा पहिलो दोहोरो शतक हो । साथै उनी दोहोरो शतक प्रहार गर्ने एकमात्र खेलाडी तथा पहिलो नेपाली बन्न सफल भए । प्रतियोगिताको इतिहासमा भने पदम दोहोरो शतक प्रहार गर्ने दोस्रो खेलाडी बने । पहिलो दोहोरो शतक सन् २०१२ मा भएको पहिलो विश्वकपमा पाकिस्तानका मोहम्मद अक्रमले वेस्ट इन्डिजविरुद्ध प्रहार गरेका थिए । त्यस खेलमा उनले कीर्तिमानी दुई सय ६४ रन बनाएका थिए ।

पदमको दोहोरो शतकको मद्दतमा नेपालले निर्धारित २० ओभरमा विना कुनै क्षति ३१५ रन जोड्यो । नेपालका लागि सोभराम डाँगीले अविजित ५३ रन जोडे । ३१६ रनको लक्ष्य लिएर मैदान उत्रेको न्युजील्याण्ड १९.१ ओभर मै अलआउट हुँदै १७४ रन मात्र जोड्न सक्यो र नेपाल १४१ रनले बिजयी भयो । 

प्रतियोगितामा यो नेपालको दोस्रो जित थियो ।  यस अघि नेपालले दक्षिणअफ्रिकालाई पराजित गरेको थियो । राउण्ड रोबिन लिगको आधारमा खेलाईएको प्रतियोगितामा नेपाल आठौ स्थानमा रहन सफल रह्यो । 

प्रतियोगिताको फाइनल खेल आगामी आइतबार हुनेछ । फाइनल प्रवेशका लागि भारत र श्रीलंका तथा पाकिस्तान र इंग्ल्यान्ड भिड्ने छन् ।

 सन् २०१२ देखि सुरु भएको दृष्टिविहीन टीट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गर्ने नेपाल एकमात्र टेस्ट मान्यता नपाएको राष्ट्र हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved