भोजनालयमा घुस लिने भक्तपुर मालपोतका नायव सुब्बा र सहायक अख्तियारको फन्दामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 11:35:41 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा ,कार्यालय साहयक  र एक लेखा ब्यवसायीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ। टोलीले मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा ऋषी राम बुढाथोकी,कार्यालय साहयक केशव खत्री र लेखा ब्यवसायी बिष्णु निसुतुलाई घुस रकम सहित नियन्त्रणमा लिईएको जनाएको हो । 

१३ रोपनी गुठीको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने प्रायोजनका उनीहरुले घुस लिएको खुल्न आएको अख्तियारले जनाएको छ  ।  टोलीले निजहरु नायब सुब्बा ऋषी राम बुढाथोकीलाई  तीन लाख  घुस बापतको रकम र श्रोत नखुलेको  एक लाख चार हजार पाँच सय,  कार्यालय साहयक केशव खत्रीलाई  एक लाख  घुस वापतको रकम र श्रोत नखुलेको उनानतीस हजार पाँच सय  र मतियारको भूमिका निर्वाह गर्ने लेखा व्यवसायी बिष्णु निसुतुलाई श्रोत नखुलेको  एक लाख)  रकम सहित भक्तपुर स्थित सूबर्ण भोजनालयबाट नियन्त्रणमा लिएको अक्तियारले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved