प्रत्यक्ष कार्यकारी राष्ट्रपती माग गर्दै बाबुरामले बुझाए १० लाख हस्ताक्षर, प्रचण्डले दिए यस्तो जवाफ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2017 | 02:52:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ शक्ति पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थाको पक्षमा दबाव सिर्जना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० लाख नागरिकको हस्ताक्षर संकलन गरी बुझाएको छ ।

सोमबार काठमाडौंको माइतीघर मण्डलामा दबावस्वरुप एक घन्टा धर्नापछि पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले उक्त हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका हुन् ।   

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ शक्तिका नेताहरुको नेतृत्व गर्दै पुगेका  संयोजक भट्टराईले प्रधानमन्त्री दाहाललाई नयाँ शक्तिका मागहरुबारे ध्यानाकर्षण समेत गरे।

जवाफमा प्रधानमन्त्री दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्धा अगाडि बढाउने बताए  । प्रधानमन्त्रीले विगत लामो समयदेखि आफूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशिताको पक्षमा अडान राख्दै आएपनि संविधानसभामा दुई तिहाई पुग्न नसकेका कारण फरक मत दर्ज गरेर यसलाई जनताका बीचमा राखेको प्रष्ट पार्दै आगामी दिनमा पनि यो मुद्धालाई अगाडि बढाउने बताए  ।


प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका पक्षमा रहेका सबैलाई सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै आगामी निर्वाचनमा यो मुद्धालाई जनताबीच लानुपर्ने कुरामा जोड दिए ।


प्रधानमन्त्रीले अहिले सरकार मधेश, आदिवासी जनजाति, थारु लगायतका मुद्धा सम्बोधन हुने गरी संबिधान संशोधन गरेर चुनाव सम्पन्न गराउन लागिपरेको बताउँदै सबैलाई चुनावमा सहभागी हुन आग्रह गरे ।  

 घरघरमा नयाँ शक्ति अभियान अन्तर्गत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थाको लागि १० लाख हस्ताक्षर संकलन गर्ने घोषणा गरेको नयाँ शक्तिले फागुन ३० सम्ममा दश लाख नागरिकको हस्ताक्षर संकलन गरेको हो ।

यसैगरी हस्ताक्षर बुझाउनुपूर्व काठमाडौँको माइतिघर मण्डलामा १२ देखि १ बजेसम्म बसेको भर्ना कार्यक्रममा बोल्दै संयोजक डा. बाबुराम भट्टराईले देशमा सदाचार र स्थिर सरकारको निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा सदन र सडकबाट दवाव सृजना गर्ने बताएका थिए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved