दीपक मनाङ्गे बने एमालेका ‘बागी उम्मेदवार’, स्वतन्त्र उम्मेदवारी दर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 22, 2017 | 10:17:20 AM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रले टिकट नदिएपछि राजिव गुरुङ उर्फ दीपक मनाङ्गेले बागी उम्मेदवारी दर्ता गराएका छन् । मनाङ्गेले प्रदेशसभाका लागि मनाङ खबाट स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् । 

मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई एमाले स्थायी कमिटीले टिकट नदिने निर्णय गरेको हो। सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देशब्यापी रुपमा आलोचना भएपछि मनाङेलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउनबाट एमाले पछि हटेको हो ।

 मनाङ्गेको ठाउँमा एमालेले जिल्लास्तरकी महिला कार्यकर्ता खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ । उनी दिपक मनाङेसँगै राप्रपाबाट एमाले प्रवेश गरेकी थिइन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved