मन्त्रिपरिषदले सुरक्षा निकायका उच्च तहमा थप्यो १५ दरबन्दी, अति गोप्य राखियो निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 14, 2018 | 09:31:54 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षा निकायका उच्च तहमा १५ दरबन्दी थप गर्ने निर्णय गरेको खुल् आएको छ । अर्थ मन्त्रालयको असहमतिको बाबजुद मन्त्रिपरिषद्को बैठकले सशस्त्रमा पाँच जना एआईजी, नेपाल प्रहरीमा ९ जना डीआईजी र गुप्तचरमा एक जना एआईजी र दुई जना डीआईजीको दरबन्दी थप्ने निर्णय गरेको हो । यस निर्णयलाई सरकारले अति गोप्य राखेको छ ।  वाणिज्यमन्त्री मीन विश्वकर्माले सुरक्षा निकायमा दरबन्दी थपिएको पुष्टि गरे ।

 स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा  र मुख्यसचिव लोकदर्शन रेग्मीको पहलमा तीनै सुरक्षा निकायमा दरबन्दी थप भएको हो । नेपाल प्रहरीमा ९ जना डीआईजीको दरबन्दी थपसँगै प्रहरीमा डीआईजीको संख्या ४३ पुगेको छ भने सशस्त्रमा एआईजीको संख्या ११ जना पुगेको छ ।

 दरबन्दी थपका लागि प्रहरी र सशस्त्रका उच्च अधिकृतहरू रानीतिक लबिङमा लागेका थिए ।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved