कर्मचारीका लागि स्वेच्छिक अवकासको प्रक्रिया शुरु, राज्यलाई ५० अर्ब भार पर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 14, 2018 | 06:36:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रक्रिया शुरु गरेको छ ।मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकासका लागि सूचना गर्ने निर्णय गरेपछि मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गरी प्रक्रिया शुरु गरेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए।

स्वेच्छिक अवकाशमा जान चाहने कर्मचारीलाई दिन सरकारले ५० अर्ब रुपैयाँ जुटाउनुपर्ने हुन्छ। अवकासमा जाने कर्मचारीले सात वर्षको एकमुष्ट निवृत्तिभरण (पेन्सन) पाउने छन्। त्यसपछि नियमित निवृत्ति पाउने उनले बताए।

उनका अनुसार समायोजनमा जान नचाहने कर्मचारीले स्वेच्छिक अवकासका लागि सूचना प्रकाशित भएदेखि ४५ दिनसम्म फारम भर्ने समयावधी तोकिएको छ। स्वेच्छिक अवकासका लागि मन्त्रालयले छुट्टै एकाई समेत गठन गरेको छ।

स्वेच्छिक अवकासमा जाने कर्मचारीले सम्बन्धित कार्यालयमा निवेदन दिन सक्ने छन्। त्यसपछि उक्त निवेदनको आवश्यक छानविन गरी मन्त्रालयले अवकास दिनेछ। बीस वर्ष सेवा पुरा गरेका र ५० वर्ष उमेरका कर्मचारीले स्वेच्छिक अवकाश लिन सक्ने मन्त्रालयका सहसचिव समेत रहेका प्रवक्ता न्यौपानेले बताए।

निलम्बनमा परेका, विभागीय कारबाहीमा परेका र अध्ययन बिदा पुरा गरी न्यूनतम सेवा अवधि पुरा नगरेका कर्मचारीले भने अवकास पाउने छैनन्।कर्मचारी समायोजन ऐन, २०७४ मा संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको व्यवस्था गरेको छ। रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved