नेपाल ट्याक्स अनलाइन सार्बजनिक, कर सम्बन्धि सम्पूर्ण सेवा र जानकारी एकै क्लिकमा पाइने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2018 | 10:05:09 AM मा प्रकाशित

laxmi  sunrise bank

कर सम्बन्धि समस्याका लागि आबश्यक श्रोतसाधन खोज्न धेरैतिर भौतारिनुपर्ने समस्याबाट अब मुक्ति मिलेको छ । कर सम्बन्धि विभिन्न ऐननियमनिर्देशिकापरिपत्रपुर्वादेशन्यायधिकरण तथा सर्वोच्च अदालतका कर सम्बन्धि फैसलाहरु लगायतका कर सम्बन्धि सुचनाडाटा तथा अन्य आवश्यक विवरणहरु एकै स्थानमा पाईने भएको छ । सो सम्पुर्ण विवरणहरु एकै स्थानमा समावेश गरेर नेपालको एक मात्र कर सम्बन्धि बृहत डाटाबेश नेपाल ट्याक्स अनलाईन NepalTaxOnline.com सार्बजनिक भएको छ ।

 

त्यस्ता आबश्यक विवरणका अतिरिक्त नेपालका कर क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरुले करको व्यवहारीक द्वीविधाका सम्बन्धमा लेखेका विभिन्न लेखहरु समेत यस वेवसाईटमा पढ्न पाईनेछ भने करदातालाई परेको समस्याको समाधानबारे अनलाईनबाटै कर विज्ञसँग सल्लाह समेत लिन सक्नेछन् ।

 

अनलाईन पोर्टल केहि समय अगाडि देखि नै चार्टर्ड एकाउण्टेट मुकुन्द देव अधिकारी को सोचले सुरुवात भई सञ्चालन हुदै आएपनि नयाँ टिम समेत समाबेश भई डाटावेशमा व्यापक वृद्धि गरीवेवसाईट अझ प्रयोगकर्ता मैत्री भएकाले यसलाई अझ धेरै रुचाईने र करको भरपर्दो एवं विश्वसनिय श्रोत वन्ने कम्पनीको बिश्वास रहेको छ ।


हालयो टिममा अधिकारीका अतिरिक्तकर सम्बन्धि मामलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त नयाँ सदस्यहरु थपिएका छन् । नयाँ टिमको अध्यक्षमा बद्रि गौतम रहेका छन् । हाल सेवा निवृत्त गौतम लामो समय आन्तरिक राजस्व विभागको निर्देशक पदमा बसी नीति निर्माण लगायतका कार्यहरु गर्दै आएका थिए ।

त्यस्तै नयाँ टिममा भएका कर विज्ञहरुको नेतृत्व बरिष्ठ एवं चिरपरिचित कर परामर्शदाता चार्टर्ड एकाउन्टेन्ट भवनाथ दाहालले गर्नेछन् । आन्तरिक राजस्व विभागबाट समेत सम्मानित दाहालले लेख्नुभएको आयकर मुल्य अभिबृद्धि कर” किताव कर क्षेत्रमा काम गर्ने हरकोहिलाई कानूनको महत्वपुर्ण श्रोत बन्दै आईरहेको छ ।


त्यस्तै विस्तारित नयाँ टिममाट्याक्सपर्टका प्रमुख सल्लाहकार तथा चर्चित कर विज्ञ चार्टर्ड एकाउन्टेन्ट शेष मणि दाहाल समेत रहेका छन् । दाहाल हाल ट्याक्सपर्ट मार्फत करदाता शिक्षा तथा साना तथा मझौला करदातालाई निःशुल्क कर सम्बन्धि सेवासल्लाह दिईरहेका छन् । नेपालको करमा सम्भावना बोकेका कर विज्ञको रुपमा चिनिएका दाहालले नेपालको करसम्बन्धि विषयमा नियमित कलम चलाउदै आईरहेका छन् । त्यस्तैयो टिममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कानुनी सल्लाहकार सरोज कृष्ण घिमिरे तथा लामो समयदेखि लेखा तथा कर क्षेत्रमा काम गर्दै आईरहेका दिलिप फुयाँल समेत संलग्न रहेका छन् ।


प्रयोगकर्ताले नेपाल ट्याक्स अनलाईन वेवसाईट NepalTaxOnline.com मा गएर दर्ता गरी आफ्नो व्यबसाय अनुकुलको सदस्यता रकम एक पटक भुक्तानी गरेपछि यसमा रहेका सुचना तथा जानकारीको अधिकतम उपयोग गरी भरपुर फाईदा लिन सक्नेछन् ।


नेपाल ट्याक्स अनलाईनका प्रमुख कार्यकारी दिलिप फुयाँलले भन्छन् हाम्रो टिम जुनसुकै स्तरका करदातालाई सेवा दिन समर्पित भएको छनेपालमा करसम्बन्धि एकदमै ठुलो डाटाबेशतथा पहिलो तथा अन्तिम कर सल्लाहकारको रुपमा कार्य गर्ने भिजन लिएर विभिन्न चर्चित तथा ख्याति प्राप्त व्यक्तित्वहरु एउटै छाता अन्तर्गत आउनुभएको छ । यो सिस्टम नेपालको कर प्रणालीको एउटा कोशेढुङगा बन्नेमा हामी कसैलाई कुनै शंका छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved