ओली र प्रचण्डका नाममा वारेन्ट जारी, यस्तो छ मुद्दा! पत्रसहित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 27, 2018 | 07:27:28 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नाममा केन्द्रिय जनअदालतले पक्राउ पुर्जी जारेको छ। ओली र प्रचण्ड बिरुद्द जनअदालतमा मुद्दा परेको भन्दै नेत्र बिक्रम चन्द 'विप्लब' नेतृत्त्वमा रहेको नेकपाले संचालन गरेको जन अदालतले पक्राउ पुर्जी जारि गरेको हो। 

सो सूचना सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिन भित्र केन्द्रिय जन अदालत रोल्पामा उपस्थित हुन पक्राउ पुर्जीमा उल्लेख गरिएको छ। आज अर्थात चैत १३ गतेको मिति राखेर पक्राउ पुर्जी जारि गरिएको छ।तोकिएको समयमा उपस्थित नभएमा केन्द्रिय जन परिषदको नीति नियम अनुसार कारबाही हुने पत्रमा उल्लेख छ।  

बाम सरकारले विप्लब नेतृत्त्वको कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारि गर्ने, धरपकड गर्ने, झुट्टा मुद्दा लगाएर लगाएर हिरासत राख्ने गर्न थालेपछी जन अदालतले पनि यस्तो सूचना जारि गरेको हो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved