अमेरिकामा नेपालीको टीपीएस सुविधा खारेज, हैसियत बदल्न नसक्नेले १ बर्षभित्र नेपाल फर्किनुपर्ने !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 27, 2018 | 10:42:58 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले नेपाली नागरिकलाई दिंदै आएको अस्थायी बसोबास सुविधा (टीपीएस) खारेज गर्ने निर्णय गरेको छ। तीन बर्षअघिको भूकम्पपछि अमेरिकामा उचित कागजात नभएका नेपालीलाई त्यहाँ बस्न, काम गर्न र नेपाल आवतजावत गर्न दिंदै आएको टीपीएस सुविधा सन २०१९ जुनबाट खारेज गर्ने अमेरिकी सरकारले निर्णय गरेको हो। 

नेपालमा भूकम्पले निम्त्याएको मानवीय संकट समाधान हुँदै गएको भन्दै स्वदेश फर्कन वा आफ्नो हैसियत बदल्न अमेरिकाले १ बर्षको समय दिएको छ। ३ वर्षयता नेपालीहरूले प्राप्त गरेको टीपीएस सुविधाको म्याद आगामी जुन २४ मा समाप्त हुन लागेको थियो।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्युरिटिले राष्ट्रपति ओबामाको कार्यकालका क्रममा शुरूमा १८ महिनाका लागि दिइएको यस्तो सुविधालाई अर्को एक पटक त्यतिनै समयका लागि थपेको थियो। टीपीएसले भूकम्पपीडित नेपालीहरूलाई राहत पुगेको भन्दै सो सुविधा नरोक्न अमेरिकी सरकारसँग आग्रह गरीएपनि अमेरिकाले टिपीएस सुविधा थप दिन अस्विकार गरेको हो।  

अमेरिकास्थित नेपाली दूतावासका अनुसार शुरूमा करिब ११ हजार नेपालीले टीपीएस लिएका थिए। हाल आएर यस्तो सुविधा लिएर बस्ने नेपाली करिब ९ हजार भएको तथ्यांक छ।

टीपीएस भनेको स्वदेशमा प्राकृतिक विपद् वा सशस्त्र द्वन्द्व भएमा अमेरिकामा बसिरहन दिन ती देशका नागरिकलाई दिइने अस्थायी सुविधा हो।त्यहाँको संसद्ले सन् १९९०मा टीपीएसको प्रावधान ल्याएको थियो र त्यसयता थुप्रै देशका नागरिकले यस्तो सुविधा लिँदै आएका छन्।

तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले टीपीएस सुविधा लामो समयको लागि नभएको भन्दै हेइटी, निकारागुवा लगायतका केही देशलाई दिँदै आएको यो सुविधा नथप्ने निर्णय गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved