सुन प्रकरणका अभियुक्तलाई अदालत पुर्याईयो, आजै मुद्धा दर्ता हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

May 02, 2018 | 03:27:30 PM मा प्रकाशित

laxmi  sunrise bank

३३ किलो सुन प्रकरणमा मुछिएका अभियुक्तहरुलाई प्रहरीले जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका २९ जना अभियुक्तहरुलाई बुधबार मोरङ अदालतमा पेश गरेको हो । उनीहरुविरुद्ध आजै मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ । 

प्रहरीले अदालतमा लैजादा सर्वसाधरण र व्यापारीहरुलाई हथकडी लगाएर वानटेन गाडीमा र पूर्वडीआईजी गोविन्द निरौला सहित सुनकाण्डमा मुछिएका प्रहरीका वर्तमान र भूपू अधिकारीहरुलाई भने स्कार्पियो गाडीमा हथकडी नलगाई अदालतमा उपस्थित गराएको थियो । 

३३ किलो सुन तस्करी प्रकरणमा बयान दिन मोरङ पुगेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई पनि प्रहरीले पक्राउ पूर्जी थमाउँदै आजै हिरासतमा लिएको छ । 

पक्राउ परेकाहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ, थाई एयरवेजका कर्मचारी बालकृष्ण श्रेष्ठ र कपिलराज पुरी, व्यापारी गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्भिरप्रसाद तोलाङे, हेमन्त गौतम रहेका छन् । त्यसैगरी गुन्डा नाइके ‘तक्लु’ भनिने पुण्यप्रसाद लामा, व्यापारी वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, भारतीय नागरिक महावीर गोल्यान थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य, जय मातादी गोल्य प्यालेसका सञ्चालक पवन अग्रवाल, गोरेका सहयोगी मोहन काफ्ले र नरेन्द्र कार्की रहेका छन् । त्यस्तै हत्या आरोपी लाक्पा शेर्पा र मदन घिमिरे पनि पक्राउ परेका छन् । 

प्रहरीतर्फ पक्राउ पर्नेमा पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकास खनाल, डीएसपी सञ्जय राउत,  डीएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का रहेका छन् । एसएसपी श्याम खत्री, मुख्य अभियुक्त भनिएका गोरे भनिने चूडामणि उप्रेती अझै फरार छन् । 

हाल गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको ९ सदस्यीय छानविन समितीले घटानाको छानविन गरिरहेको छ । समितीका सदस्यहरमा राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, एसएसपी वसन्तकुमार लामा, गृहका उपसचिव भविश्वर पाण्डे, उपन्यायाधिवक्ता हरि रेग्मी, डीएसपी सुदीप पाठक, प्रहरी निरीक्षक भीष्म हुमागाईं, कानुन अधिकृत भोजराज दाहाल र सइ सुमन कार्की रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved