कतार च्यारिटीको सहयोगमा तराईका बाढी पिडित परिवारलाई एक करोडको राहत सामग्री वितरण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 11, 2018 | 08:44:24 AM मा प्रकाशित

laxmi  sunrise bank

तराईका बाढी पिडित सयौं परिवारलाई जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरिएको छ। अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको कतारको सामाजिक संस्था कतार च्यारिटीको सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) ले उक्त सामग्री वितरण गरेको हो। 

गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीको सहयोगमा आरडिसीले रौतहट, सर्लाही लगायतका बाढी पिडित परिवारलाई करिब करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको छ। 

कतार च्यारिटी नेपालको सहयोगमा आरडिसीले रौतहट तथा सर्लाहीका बाढी पिडित परिवारहरुलाई अस्थायीबास बाट स्थायी तर्फ उन्मुख गर्ने उदेश्यले ६३८ परिवारलाई प्रति बन्डल एक किलो छाप्रावाल किलाका साथमा जस्तापाता वितरण गरेको छ। त्यस्तै बिद्यालय भर्नामा सहयोग तथा बिद्यार्थीहरुलाई बिद्यालयमा नियमित उपस्थित गराउनका लागि दुई हजार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ। 

कतार च्यारिटिको सहयोगमा यमुनामाई उच्च माध्यमिक विद्यालय झुन्खुन्वामा अध्यनरत एक हजार छात्रछात्राहरु लगायत किसान आधारबुत राजपुरमा ३५० जना, मलंगवामा २२१ जना, इश्वरपुरमा १७८ जना, हरिपुरवामा १०१ जना, तथा जामिया मदिनतस्स्लाम मदर्शाका १५० बिद्यार्थीहरुलाई कपी, कलम, पेन्सील, स्कुल ब्यागसहितका करिब २४ लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री समेत प्रदान गरिएको छ। 

गत साउन महिनामा आएको भिषण बाढीमा परि घरबार बिहिन भएका रौतहट दुर्गाभगवती बडरुवा-५ का ७० परिवारलाई एक किलो छाप्रावाल 
किलाका साथमा प्रतिपरिवार एक बन्डल जस्तापाता समेत वितरण गरिएको छ। त्यस्तै यमुनामाई गाउँपालिकाका ७०, राजपुर नगरपालिका  हजमिनिया गाउँका १८५ , परोहा नगरपालिकाका १२५ तथा गौर नगरपालिकाका १५० परिवारलाई समेत जस्तापाता वितरण गरिएको छ।

च्यारिटीका कन्ट्री डाइरेक्टर कन्ट्री डाइरेक्टर मौलाए अब्दुल अजिज अल अलावी, प्रदेश नम्बर २ का कृषि तथा भुमि सुधार मन्त्री योगेन्द्र यादब सहित जिल्लाका स्तरीय कार्यालय प्रमुखहरु तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्तिथीमा उक्त सामग्री वितरण गरिएको हो।

कतार च्यारिटी नेपालका कन्ट्री डाइरेक्टर अब्दुल अजिजले गरिब तथा जोखिममा परेका बाल बालिकाहरुलाई सहयोग गर्न कतार सरकार सधैं तयार रहेको बताए। 'नेपालको बिकास निर्माण देखि लिएर शैक्षिक क्षेत्रमा सहयोग गर्न सधैं तयार छौं, यो सुरुवात मात्र हो, आगामी दिनमा जीविकोपार्जनलाई उकास्ने किसिममा कार्यक्रमहरु गर्छौं' उनले भने। 

गत साउन अन्तिम साता आएको बिनासकारी बाढीका कारण सम्पति र घरबार बिहिन भएकाहरुको अवस्था उकास्ने उदेश्यले आफुहरुले रौतहट लगायतका जिल्लाहरुमा राहत सामग्री वितरण गरेको कतार च्यारिटीका कन्ट्री म्यानेजर इर्शाद शेखले बताए। बाढीका कारण सबै भन्दा बढी प्रभावित भएको रौतहट कम साक्षरता भएको जिल्ला समेत भएकाले त्यहाँका बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न शैक्षिक सामग्री वितरण गरिएको कन्ट्री म्यानेजर शेखको भनाई छ। 

पाँच बर्षिय परियोजनामा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, खानेपानी, जिविकोपार्जन, र उद्यमशिलताका कार्यक्रमहरु रहेको बताउदै आगामी दिनमा यस क्षेत्रमा बिशेष कार्यक्रमहरु ल्याईने शेखले बताए।  गत साउन अन्तिम साता आएको विनाशकारी बाढीले रौतहटको ८० प्रतिशत भुभाग जलमग्न बनाउदा हजारौ परिवारहरु विस्थापित भएका थिए । बाढीका कारण सम्पत्ति र घरवार बिहीन भएकाहरु अझै पनि दयनीय अवस्थामा छन् । 

बाढी आएको एक वर्ष हुन लाग्दा तथा अर्काे वर्षायाम सुरु हुने समय भइ सक्दा पनि सुरक्षित बास नपाएका परिवारलाई जीवन धान्न गाह्रो भएको आरडिसीका अध्यक्ष पारस हुसैनको भनाई छ। 'कतार च्यारिटीको सहयोगमा वितरण भएको जस्तापाता तथा शैक्षिक सामग्रीले बाढी पिडितलाई केहि राहत मिलेको छ' अध्यक्ष हुसैनले भने, 'अब उनीहरुको जीविकोपार्जनलाई उकास्ने गरि कार्यक्रम आउने बिश्वास छ'। 

अरब मुलुकको सवैभन्दा ठुलो  गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । गत बर्ष मात्रै कतार च्यारिटी र समाज कल्याण परिषदविच पाँच बर्षे एकिकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको हो। 

यस अघि:

अरब मूलुकको पहिलो गैह्र सरकारी संस्था नेपालमा, ५ बर्षे एकिकृत विकास परियोजनाका लागि सम्झौता

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved