आगामी साउनबाट नियुक्त कर्मचारीले अब पेन्सन नपाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 29, 2018 | 03:51:22 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी साउनबाट नियुक्त कर्मचारीले पेन्सन नपाउने भएका छन। सरकारले २०७५-७६ को बजेट गर्दै योगदानमा आधारित निवृत्तिभरण दिने घोषणा गरेको हो। 

सरकारको उक्त घोषणासंगै आगामी साउनबाट नियुक्त कर्मचारीले पेन्सन नपाउने भएका छन। अर्थमन्त्री ड़ा युबराज खतिवडाले आर्थिक बर्ष २०७५-७६ को संघीय बजेट संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन।   

सरकारले आगामी साउनदेखि  नियुक्त हुने नयाँ सरकारी कर्मचारीका लागि उनीहरुकै योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने घोषणा गरेको छ। सरकारले २०७५-७६ को बजेट गर्दै योगदानमा आधारित निवृत्तिभरण दिने घोषणा गरेको हो। 

अर्थतन्त्रको ठूलो हिस्सा कर्मचारीको पेन्सनमा खर्च हुने हुनाले राज्यमाथि निकै भार बढेको भन्दै सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ पेन्सन प्रणाली लागू गरेको हो। 

नयाँ व्यवस्था अनुसार आगामी आर्थिक वर्ष साउनदेखि नियुक्त हुने निजामती कर्मचारी, शिक्षक, सेना प्रहरी लगायतले सेवा शुरु गरेको न्यूनतम १५ वर्षपछि सेवावाट अवकाश हुँदा एकमुष्ट पेन्सन रकम बुझ्नेछन्। तर साउन १ अघि नियुक्त हुने कर्मचारीले भने विद्यमान निजामती सेवा ऐन अनुसारनै सेवासुविधा लिन पाउनेछन। चालू आर्थिक वर्षमा सरकारको पेन्सन दायित्व झण्डै ३५ अर्ब रुपैयाँ रहेको बताइएको छ जुन चार वर्ष अगाडिको तुलनामा दोब्बर रकम हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved